Biodiversity Nepal
For the Future Generation

वन्यजन्तु तस्करी, तस्करी संजाल तथा वातावरण सन्तुलनमा पार्ने नकारात्मक असर : नेपालको सन्दर्भ

वन्यजन्तु तस्करी न्यूनीकरण गर्न स्थानीय बासिन्दाको नै मूख्य भूमिका हुन्छ।

वन्यजन्तु तस्करी

वर्तमान परिप्रेक्ष्यमा वन्यजन्तुको तस्करी दिनानुदिन दिनको दुई गुणा रातको चार गुणाझैँ बढ्दै गईरहेको नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन नेपालको कानुन दैवले जानुन् भनेझैँ जति पनि वन्यजन्तु संरक्षणका कार्ययोजना निर्माण भएका छन्, केही बाहेक सबै कार्ययोजनाको कार्यान्वयन फितलो भएको अवस्था सजिलै अवलोकन गर्न सकिन्छ पर्याप्त मात्रामा बन्न नसकेको कानुन यसको फितलो कार्यान्वयनले गर्दा आज नेपालका महत्त्वपूर्ण जीवजन्तुहरु सजिलै संकटको चपेटामा परेका छन् वन्यजन्तु संरक्षणको जिम्मेवारी सरकारको मात्र होइन, वन्यजन्तु संरक्षणकर्मी, निकुन्ज व्यवस्थापक, उच्चपदस्थ सरकारी अधिकारी, अनुसन्धानकर्ता, राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्था जसले वन्यजन्तु संरक्षणको क्षेत्रमा काम गरिरहेका छन् ती सबै सरोकारवालाको अहंम भूमिकाको आवश्यकता 

अहिलेको वर्तमान अवस्थालाई नियाल्दा ठूला ठूला स्तनधारी वन्यजन्तुलाई मात्र संरक्षणको घेराभित्र  ल्याइएको पाईएको वातावरण सन्तुलन राख्नको निमित्त साना स्तनधारी प्राणीको पनि त्यतिकै महत्त्वपूर्ण भूमिका हुन्छ जति विशेष भूमिका ठूला स्तनधारीको यो विदितै कि नेपाल सरकारले वन्यजन्तु संरक्षणका लागि छुट्ट्याइने बजेट ठूला स्तनधारीलाई बढी प्राथमिकता साना स्तनधारीलाई कम प्राथमिकतामा राखिदिंदा साना वन्यजन्तुको संरक्षणमा थप एउटा चुनौति थपिदिएको जसका कारण साना वन्यजन्तुहरु तस्करीको आँखामा सजिलै पर्दछन् |  

हो, स्वीकार गर्न सकिन्छ कि वातावरण सन्तुलनका लागि दुवै साना ठूला वन्यजन्तुको उत्तिकै भूमिका हुन्छ तर हालको अवस्थालाई मध्यनजर गर्दा संरक्षणका लागि छुट्ट्याइने बजेट ठूला वन्यजन्तुलाई बढी देखिन्छ राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन्, २०२९ को स्थापना भएता पनि राजनीतिक अस्थिरता, फितलो कानुन यसको अप्रभावकारी कार्यान्वयनले गर्दा दुर्लभ तथा महत्त्वपूर्ण वन्यजन्तुहरु आज तस्करीको ठुलो सिकार हुन पुगेका छन् 

संरक्षणका लागि ठूला वन्यजन्तुलाई मात्र प्राथमिकता दिँदा साना वन्यजन्तुको तस्करी पनि बढ्दै गएको पाईन्छ  यसको मतलब यो होईन कि सबै ठूला वन्यजन्तु जस्तै एकसिँङ्गे गैँडा, बाघ, हिमाली भालु, हात्ती, हाब्रे, हिउँ चितुवा लगायतका वन्यजन्तुहरु पुरै सुरक्षित छन् दुवै साना ठूला स्तनधारी प्राणीलाई  संरक्षणको प्राथमिकतामा राखेर जोड दिन आवश्यक

तस्करी संजाल

जनसंख्या वृद्धिका कारणले राष्ट्रिय निकुन्ज तथा संरक्षित क्षेत्र बाहिरका प्राकृतिक श्रोत, साधन उपभोग्य वस्तुहरु विनाश भईरहेको अवस्थामा यी वस्तुका लागि स्थानीय बासिन्दाहरु निकुन्ज तथा संरक्षित क्षेत्रमा  प्रवेश गर्ने क्रम पनि बढ्दो देखिन्छ फलस्वरूप, वन्यजन्तु चोरी, तस्करी गर्नको लागि केही हदसम्म स्थानीय बासिन्दालाई निकुन्ज प्रवेश एउटा सुवर्ण अवसर पनि मानिन्छ वन्यजन्तु तस्करीको संजाल निकै ठुलो हुने हुँदा उनीहरुलाई वन्यजन्तुको चोरी निकासीबाट नियन्त्रण गर्नको लागि ठोस कदम चाल्न निकै आवश्यक देखिन्छ

वन्यजन्तु त्यसका अङ्ग प्रत्यंगहरुको निकासी पैठारी पूर्ण रुपमा बन्द नभएसम्म तस्करीको लागि वन्यजन्तु सधैँ मौकाको बाटो हुनेछ तसर्थ, सीमापार भूपरिधि स्तरमा तस्करीको नियमित अनुगमन  उचित कार्यक्रम संचालन गर्न आवश्यक जबसम्म स्थानीय समुदायलाई चोरी, निकासी रोक कार्यमा समावेश गराईंदैन, तब सम्म तस्करी संजाल एक कुनादेखी अर्को कुनासम्म झन् फैलिँदै जाने निश्चित

राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण कर्मचारीसंग भन्दा तस्करीहरुसंग हुने परिमार्जित हातहतियार, राजनीतिक स्तरबाट निकुन्जका कर्मचारीलाई आउने दबाबले पनि तस्करीको संजाललाई दिनानुदिन वृद्धि गराईरहेको चितवन राष्ट्रिय निकुन्ज अन्तर्गत जैविक विविधता संरक्षण केन्द्रमा संकलन भएका वन्यजन्तुको आखेटोपहार नै हालको अवस्था नियाल्न काफी केही हदसम्म राजनीतिक परिवेशलाई पनि आधार मान्न भने सकिन्छ

वन्यजन्तुको संख्या घट्नुमा वन्यजन्तु तस्करीको संजाललाई समेत एक प्रमुख कारक मानिएको चोरी तस्करीको लागि नेपाल एक ट्रान्जिट देश भएकाले पनि वन्यजन्तुको अवैध चोरी निकासी भैरहेको अवस्था देख्न सकिन्छ (बर्गेस, स्टोनर, & फोले, २०१४) हाब्रे तस्करको लागि काठमाडौँ जिल्ला मुख्य केन्द्रविन्दु काठमाडौँसङ्ग जोडिएका अन्य जिल्लाहरु जस्तै: रसुवा, नुवाकोट, सिन्धुपाल्चोक भक्तपुरमा बढी तस्करी अभिलेख भएको एक अध्ययनले देखाएको (पौडेल एट अल., २०२०) 

वातावरण सन्तुलनमा पार्ने नकारात्मक असर

साना वन्यजन्तुको तस्कर हुँदा तिनीहरुको आखेटोपहार झिँकिदा ठूला वन्यजन्तुलाई मात्र असर पर्ने नभई पुरै वातावरणमा नै ह्रास निम्त्याउन सक्छ वन्यजन्तुको तस्करी जस्ता कार्यले थप वन्यजन्तु जनसंख्याको आकार तथा संख्यामा गम्भीरतापूर्वक असर गराई पुरै वन्यजन्तुलाई नै लोप हुने अवस्था ल्याउन सक्छ तसर्थ, भविष्यमा यिनीहरुको अस्तित्व नै नमेट्ला भन्न सकिन्न

वन्यजन्तुको खाद्य शृंखला खाद्य जालोसंग सिधै सम्बन्ध भएकोले वन्यजन्तुको तस्करी हुँदा यसको बासस्थान मेटिंदा एउटा खाद्य जीवनचक्र नै ओझेलमा पर्दछ साना वन्यजन्तुको तस्करी उच्च दरमा हुँदा ठूला वन्यजन्तुलाई आहारको कमी हुन जान्छ जसले गर्दा ठूला वन्यजन्तु समेत संकटको घेरामा पर्दछन् यसै गरी, ठूला वन्यजन्तुहरु तस्करीको आँखामा परिदिंदा यसले साना वन्यजन्तुको जनसंख्यामा उल्लेखनीय वृद्धि गराई चरिचरनको अभाव, वन पैदावारका लागि गरिने संघर्ष, वन्यजन्तुहरुबीच हुने युद्ध लगायत विभिन्न समस्याहरु सिर्जना गर्दछ  

वन्यजन्तुको बढ्दो चोरी तस्करीको चापले गर्दा संरक्षण कार्यमा थप चुनौती बढाएको वन्यजन्तु संरक्षणका निम्ति वन्यजन्तुको मात्र नभई उसको बासस्थान, पानीका मुहानहरु, उसंगै जोडिएका प्राकृतिक श्रोतहरुको समेत उचित मात्रामा संरक्षण गर्नुपर्ने देखिन्छ जब सम्म मानिसको मनमा वन्यजन्तुप्रति सकारात्मक सोचको विकास हुँदैन तब सम्म वन्यजन्तु संरक्षणको कार्य चुनौतीपूर्ण नै देखिन्छ। नेपाल सरकारको काँधमा वन्यजन्तु संरक्षण कार्यमा जिम्मेवारी छँदै छ साथमा यदि सबैजना हातेमालो गरेर, एकजुट भएर चोरी तस्करी नियन्त्रणमा लाग्ने हो भने तस्करी मात्रै होईन वन्यजन्तुसंग सम्बन्धित अन्य विविध चुनौतीलाई पनि लड्ने तागत हुन्छ सजिलै सामना गर्न सकिन्छ 

लेखकः कल्पना घिमिरेले वातावरण विज्ञान केन्द्रिय विभाग, त्रि-भुवन विश्वविद्यालयबाट सन् २०१९ मा स्नातकोत्तर तह उत्तीर्ण गरी आफ्नो जिवनवृति वातावरण क्षेत्रमा समर्पित गर्दै हुनुहुन्छ।

 

Source
Via
Comments
Loading...