सालक सानो अनि एकदमै लजालु र राति धेरै सक्रिय रहने स्तनधारी प्राणी हो। माटो खनेर माटोको उर्वराशक्ति बढाउने, कमिला, धमिरा जस्ता किराहरु खाएर मूख्यत किसानको सहयोग गर्ने हुँदा सालकलाई किसानको साथी पनि भनिने गरिन्छ। मानिसलाई हानि नगर्ने तर मानिसद्वारा धेरै चोरीशिकारी हुने प्राणीमा गनिने सालक विश्वभरि नै दुर्लभ मानिन्छ। कालो र तामे दुई प्रकारका सालक मध्ये, कालो सालक ६२ जिल्लामा पाइन्छ। सालकको संरक्षणमा अहिले निकै चासो बढेको र मानिसहरु सक्रिय पनि रहेको पाइन्छ।

[caption id="attachment_3139" align="alignright" width="387"] किर्तिपुर नगरपालिकाका नगरप्रमुख ज्यूबाट उद्घाटन गरिदै नेपालकै पहिलो सालक पदमार्ग।
फोटोः बिनित तिमल्सिना[/caption] काठमाण्डौं स्थित किर्तिपुर नगरप्रमुख बाट वि.सं. २०७७ साल फाल्गुण १० गते शनिबारको “१० औँ विश्व सालक दिवस” को उपल्क्षयमा उद्घाटन गरिएको पदमार्ग नेपालकै (भरसक विश्वकै) पहिलो सालक पदमार्ग रहेको छ। साना स्तनधारी संरक्षण तथा अनुसन्धान फाउन्डेसन, किर्तिपुर नगरपालिका, सामुदायिक वन र अरु थुप्रै वातावरण संरक्षणकर्ता र संस्थाहरुको उपस्थितिमा यो पदमार्गको सुरुवात भएको हो। यो विशेष कार्यक्रममा उपस्थित भई सालक र सालकको वासस्थानको संरक्षण, प्रवर्दन र दिगो विकासको लागि स्थानियको अतुलनिय साथ, सहयोग र अभियानमा सानो प्रयास गर्न पाँउदा निकै खुशि लागेको छ। साथै तामाङ समुदायबाट त्यँहा उपस्थित सबैलाई आफ्नो रीति अनुसार टटेलो (तामाङ भाषामा कोम्हेन्दो) को टिका लगाएर स्वागत गरियो, जुन म लगायत मेरा साथीहरुका लागि नौलो रह्यो। करिब ५ किलोमिटरको पदमार्ग बाघभैरव सामुदायिक वन, मच्छेगाँउमा अवस्थित छ। करिब डेढ घण्टाको उकालो चढेर सालक चौतारी पुग्दासम्म सालकले आफू बस्नलाई खनेका थुप्रै दुलाहरु पदमार्गबाट करिब ५ मिटरको दुरी भित्रै देखिएको थियो। गोरखाको राजदेवी सामुदायिक वनमा सालक र सालकको वासस्थानमा आफ्नो स्नातक तहको प्रोजेक्ट गरिरहेकी साथी नमुना लामिछानेसँग यो यात्रा गरिरहदा मैले झन सालकको वासस्थानको बारेमा बुँझ्ने अवसर पाए। सालक पदमार्गको लागि भनेर छुट्टै “सालक गाइड” पनि यस यात्राभर रहेर हामीलाई त्यस वन र वनमा पाईने अन्य वन्य जीवजन्तु अनि वनस्पति बारे प्रकाश पारिदिनु भएको थियो। विभिन्न विधाका व्यक्तिहरुसँगको सानो अन्तरक्रिया र आफ्ना साथीहरुसँगको विशेष यात्राले आईयुसियनको अति संकटापन्न वर्गमा सूचिकृत कालो सालक (चाइनिज सालक) र तामे सालक (ईन्डियन सालक)को बारेमा बुझ्न पाउदा, म यस संरक्षणमा अहोरात्र खटिरहनु भएका सम्पूर्णमा आभार प्रकट गर्न चाहान्छु। यसरी सालक र सालक लगायत अन्य जीवजन्तुको पनि यस्तै सामुदायिक वनले गर्नेछ भन्ने आशा गर्दछु र यसरी नै विभिन्न क्षेत्रमा अध्ययन र अनुसन्धान गर्दै नेपालको जैविकविभिधतामा टेवा पुग्ने काम गर्नु जरुरी छ। [caption id="attachment_3141" align="alignnone" width="834"] टटेलोको टिका र तामाङ पोसाक लगाएर सो कार्यक्रममा रमाइरहेका बालबालिका।
फोटोः बिनित तिमल्सिना[/caption]

Pangolin: Racing Towards Extinction

Binit Timalsinaबिनित तिमल्सिना वातावरण विज्ञानमा स्नातकोत्तर तहको विद्यार्थी हुनुहुन्छ। उँहाले जैविक विविधता, सिमसार क्षेत्र, प्रदुषण र अन्य वातावरणीय विषयमा लेखहरु लेख्नु हुन्छ।